३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्न ब्यबसायी आईचर मजिस्टेक वाई बस भित्राए

नयाँ बर्ष ः नयाँ सेवा भन्ने सन्देशसहित यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनी पहिलो पटक आईचर मजिस्टेक वाई बस भित्राईएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.मा आवद्ध संचालक तथा ब्यबसायीहरुले नवबर्ष २०८२ को शुभारम्भका अवसरमा एकै पटक १२ वटा आईचर मजिस्टेक वाई नामक प्रिमियम बसका च्यासिस् खरिद गरेका हुन् ।
५२ लाख मुल्य रहेको सो च्यासिस् बिक्रेता कम्पनीले यसअघि नेपालगन्जमा ११ वटा च्यासिस् हस्तान्तरण गरिएको थियो । मोविलिटी र गुणस्तरमा बिश्वासिलो र टिकाउ मानिएको आईचर कम्पनीको अधिकृत बिक्रेता बतास एम.ए.डब्लु नेपालले च्यासिस् खरिदकर्ताहरुलाई एक समारोहका बिच चावी हस्तान्तरण गरेको छ । पश्चिम नेपाल बस प्रा.लि.का संचालकहरु नारायण घिमिरेले ३ वटा, नारायण भण्डारीले ३ वटा, ब्यबसायीहरु ऋषिराम डुम्रे ३ वटा, देवराज खनाल २ वटा, मदनप्रताप सिंह १ वटा च्यासिस् खरिद गरेका हुन ।


च्यासिस् खरिदकर्ताहरुलाई चावी हस्तान्तरण गर्दै आईचर नेपालका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले आईचर मजिस्टेक वाई नामक प्रिमियम बस मोबिलिटीमा विश्वासिलो र दिर्घकालिन क्षमताको भएको बताए । यसअघि नेपालगन्जमा ११ वटा चावी हस्तान्तरण गरिएको उनले जानकारी गराए । ब्यबसायीहरुले गरेको बिश्वास प्रति सँधै नतमस्तक भै सेवारत रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।
सो अवसरमा पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यात्रुबहाक बसको संख्या मात्र बढाउने कार्य सामान्य कुरा भएको तर यसको ब्यबस्थापन मुख्य चुनौतीको बिषय रहेको बताए । अध्यक्ष खरेलले ब्यबस्थापनको बिधि र प्रकृया तर्जुमा गर्न कठिनाई भएपनि यात्रुहरुको हितमा राखेर गुणस्तरिय सेवा र सुबिधा प्रदान गर्ने उद्देश्यले भित्राइएका यस्ता बसहरुको संचालन उचित ब्यबस्थापनका साथ गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सो अवसरमा संचालक नारायण घिमिरेले आईचर मजिस्टेक वाई नामक प्रिमियम बस समय सुहाउदो, यात्रुको चाहना अनुरुपको, बिश्वसनिय र भरपर्दो रहेको टिप्पणी गरे । अर्का संचालक नारायण भण्डारीले समय माग अनुरुप सेवालाई स्तरिय बनाउने उद्देश्यका साथ नयाँ बर्ष ः नयाँ सेवा भन्ने सन्देशका साथ आएको जानकारी गराए ।
कम्पनीका बिक्रि प्रबन्धक रघु पौडेलका अनुसार नयाँ बर्षको प्रारम्भमै कम्पनीले लुम्बिनी प्रदेशमा १२ करोडको कारोबार गरेको छ । अर्का प्रबन्धक सन्तोष थापाले ब्यबसायीहरुले गरेको बिश्वासलाई कमि हुन नदिने बताए । एउटा च्यासिस्को मुल्य ५२ लाख रहेको पनि उनले जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित