दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

गुल्मी महोत्सवको तयारी पूरा, उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने

गुल्मी। गुल्मीको तम्घासमा वैशाख ५ गतेदेखि सञ्चालन हुने दोस्रो गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। ‘कृषि, पर्यटन र उद्योगको व्यापार प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ।

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा हुने १३ दिने महोत्सवमा ३०० स्टल रहनेछ। सम्पूर्ण स्टलहरू बुकिङ भइसकेको र स्थानीय व्यापारीलाई प्रोत्साहन गर्न ३० प्रतिशत छुट दिइएको उद्योग संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले जानकारी दिए।
स्थानीय उत्पादन र मनोरञ्जनको संगम

महोत्सवमा कृषि तथा पशुपालनजन्य सामग्री, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, मनोरञ्जनात्मक पिङ्सहित विविध सांस्कृतिक झाँकीहरू प्रदर्शनीमा रहनेछन्। डेढ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।गुल्मी चेम्बर अफ कमर्स अध्यक्ष दुर्गाप्रसाद पाण्डेयका अनुसार महोत्सवले जिल्लाको आर्थिक गतिविधि सक्रिय बनाउन मद्दत गर्नेछ। “स्थानीय उत्पादन, संस्कृति र पर्यटनलाई प्राथमिकता दिइएको छ,” उनले बताए।

इन्द्रेणी टिमसहित १०० बढी कलाकारको प्रस्तुति

सांस्कृतिक कार्यक्रम संयोजक टामलाल केसीका अनुसार महोत्सवमा इन्द्रेणी टिमसहित विभिन्न विधाका करिब एक सय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
लोकप्रिय कलाकारहरूमा बोमबहादुर कार्की, शिव परियार, पशुपति शर्मा, कुलेन्द्र विक, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, प्रीति आले, ज्योति मगर, खेम सेञ्चुरी लगायत छन्।
त्यस्तै, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’, माईला बा, बलराम मगर, र जादुगर गुन्दुकेको पनि विशेष प्रस्तुति रहनेछ।
मेलाको प्रचारप्रसार संयोजक प्रेम घिमिरेका अनुसार महोत्सवलाई सफल बनाउन २९ वटा उपसमितिहरू सक्रिय रुपमा खटिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित