रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने भएको छ ।

अमरपथ टोल व्यवसायी समितिको आयोजनामा यहि कात्तिक १५ देखि १७ गतेसम्म ‘अमरपथ दीपावली महोत्सव’ गर्न लागिएको हो । अमरपथ दीपावली महोत्सव मल्लीकम्प्लेक्सभन्दा माथिल्लो अमरपथ चोकदेखि दुरसञ्चार अंगाडिको काठेपुल चोकसम्म सञ्चालन गरिने छ ।

बुटवलको पुरानो बजार अमरपथमा विगतदेखि नै उज्यालो पर्व तिहार (दीपावली) अंगाडि अमरपथ दीपावली महोत्सव गर्दै आईएको र लक्ष्मीपुजादेखि गोवर्धन पुजासम्म दीपावली महोत्सव गरिने अमरपथ टोल व्यवसायी समितिका अध्यक्ष रामकुमार रणपालले जानकारी गराए ।

अमरपथ दीपावली महोत्सवको संरक्षकमा बुटवल उद्योग वाणिज्य संघ रहेको छ भने बुटवल उपमहानगरपालिकाकाले पनि अभिभावकत्व ग्रहण गरेको छ । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सवमा आउने उपभोक्तालाई सामानको खरिदमा १० देखि २० प्रतिशत सम्म छुट सुविधा प्रदान गरिने आयोजक समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष गकुल विश्वकर्माले बताए ।

उनका अनुसार सुनका गरगहनामा जर्ती तथा ज्यालामा छुट सुविधा प्रदान गरिने छ ।

बुटवल आफैमा नेपालकै मध्ये भागको व्यापारिक थलो र अमरपथ बुटवलकै मुटु भएकाले अमरपथकै प्रचारप्रसार तथा प्रवद्धनका लागि महोत्सवलाई निरन्तरता दिदै आएको समितिका सचिव किरण खनालले बताए ।

यो महोत्सव बिक्रेता र उपभोक्ताका बिचमा सम्बन्ध प्रगाढ बनाउने बिश्वास लिईएको छ । सो महोत्सवमा अमरपथ बजारलाई नै सिंगारेर राख्ने हरेक पसलमा दिपावली दिक्ष्मीको पुजा गर्ने तथा तीनै दिन सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समितिका कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित