बुटवल । नेपालीहरुको महान चाड वडा दशैं मनाउन बुटवल बाट गाउँघर फर्कनेको भीड बढेको छ।
हिजो बुधबार सम्म कम भिडभाड रहेको बुटवलको बसपार्क क्षेत्रमा आज भने अत्याधिक भिड छ ।
विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि बुटवलमा रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।
दशैंमा परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र दशमीको दिन ठूलाबडाबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ।
बुटवलबाट गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, प्यूठान लगाएतका जिल्लामा जानेहरुको संख्या अझ बढि छ ।