बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

तत्कालका लागि व्यवसायिक प्रतिष्ठानमै खसी बोका बध गर्ने व्यवस्था मिलाईदिन आग्रह

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले वडा दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीलाई आफ्नै व्यवसायिक प्रतिष्ठानमा स्वस्थ्य खसी बोका बध गरी विक्रि वितरणको व्यवस्था मिलाईदिन बुटवल उपमहानगरपालिकालाई अनुरोध गरेको छ ।

संघले बुधबार एक विज्ञप्ती जारी गरी वडा दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीहरुले आफ्नो व्यवसायीक कार्यस्थलमा स्वच्छ तथा स्वस्थ मासु बेचबिखन गर्ने व्यवस्था गर्ने र बुटवल उपमहानगरपालिका तथा सरोकारवाला निकायले आवश्यक सहजिकरण गर्नको लागि आग्रह गरिएको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा कानूनको व्यवहारिक कार्यान्वयन गरी चाडपर्वको समयमा मासुको सहज आपूर्ती हुने वातावरण निमार्ण गर्न समेत अनुरोध गरिएको छ ।

बुटवल उपमहानगरपालिकाद्वारा वधशाला सञ्चालनमा ल्याएसंगै मासु व्यवसायी र वधशाला सञ्चालक बिचको बिबाद र त्यसले आम उपभोक्तामा पारेको असर प्रति संघको गम्भिर ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तीमा भनिएको छ–‘हिन्दुहरुको महान चाड वडा दशैंको सम्मुखमा उपमहानगरपालिका र व्यवसायी बिचको विवादले छरिएर रहेको परिवारका सदस्यहरु जम्मा भई हर्षउल्लाहासका साथ आफूहरुलाई  मनपर्ने परिकार बनाई खाने तथा खुवाउने हाम्रो परम्परालाई समेत आघात हुने देखिएकोछ ।’

त्यसैगरी वधशाला निर्माणको प्रारम्भिक चरणदेखि सञ्चालनको प्रक्रियासम्म आइपुग्दा सार्वजनिक निजी साझेदारीको मर्म अनुसार सबैको पेशागत सुरक्षा र उपभोक्ताको स्वच्छ तथा स्वस्थ्य खाद्य अधिकारलाई सुरक्षित हुने बिश्वसनीय वातावरण कायम गर्न बुटवल उपमहानगरपालिका, मासु व्यवसायी र आम सचेत नागरिक समक्ष आग्रह गरिएको छ ।

साथै वधशाला स्थापना देखि हालसम्मका सबै बिषयका बारेमा स्वेतपत्र जारी गर्न पनि बुटवल उपमहानगरपालिकालाई अनुरोध गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित