रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

फूलपातीदेखि टीकासम्मको मौसम आकलन: यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना बढी

बिहीबार (असोज २४ गते) दसैँको मुख्य दिन सुरु हुँदै छ। असोज २४ गते सप्तमी अर्थात् फूलपाती हो।

यसपटक अष्टमी र नवमी भने एकैदिन असोज २५ गते (शुक्रबार) परेका छन् भने २६ गते विजया दशमी अर्थात् टीका हो।

यसैबीच दसैँका यी मुख्य ३ दिन मौसम कस्तो होला त भन्ने विषयमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेको छ।

जसअनुसार कोसी प्रदेश र मधेस प्रदेशमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका चाहिँ पहाडी भूभागमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

समग्रमा केही प्रदेशमा मनसुन बाँकी रहे तापनि दसैँमा वर्षाले खासै समस्या पार्ने देखिएको छैन।

किनकि मौसम महाशाखाले कतै पनि भारी वर्षा हुने सम्भावना देखाएको छैन।

बरु चिसो भने केही बढ्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार जारी दसैँ विशेष मौसम बुलेटिनमा भनिएको छ : यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनहरूमा कोसी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिन्छ। साथै उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूननतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित