३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कार्तिक २४ गतेदेखि यूएईको फलाई दुबईले भैरहवा बाट उडान गर्दै

बुटवल । आगामी कार्तिक २४ गतेदेखि यूएईको राष्ट्रिय ध्वजावाहाक फलाई दुबईले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ ।

हप्ताको सातै दिन फलाई दुबईले दुबई भैरहवा र भैरहवा, काठमाडौं हुंदै दुबई उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कार्तिकदेखि फलाई दुबई भैरहवा उडान भर्न तयार भएको हो ।

फलाई दुबईको जहाज दिउसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ भने भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गर्ने छ ।
काठमाडौंबाट भने साढे ४ बजे दुबई उड्ने छ । यो उडानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भएपनि भैरहवाबाट दुबई जानेलाई सहज हुने आशा गरिएको छ ।

भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ट्रान्जिटमा बस्नु पर्नेछ । कुवेतको जजिरा एयरवेजले पनि भैरहवाबाट पुनः उडान गर्ने भएको छ । जजिराले कार्तिक १२ गते अर्थात् अक्टोवर २८ बाट कुवेत भैरहवा कुवेत उडान गर्न लागेको हो ।

विमानस्थलबाट उडानका लागि जजिराले नागरिक उड्डयन प्राधिकरणसंग अनुमति मागिसकेको छ ।

हप्तामा ३ दिन जजिराको जहाज बिहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने छ । दुई वर्ष अघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसंगै जजिराले भैरहवामा उडान थालेको थियो ।

यसैबीच नेपाल वायुसेवा निगमले यहि असोज २४ गते फूलपातीका दिन काठमाडौंबाट भैरहवा न्यारोबडी जहाज उडान गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा निगमले यो उडान गर्न लागेको हो ।

२४ गते बिहान ११ बजे काठमाडौं बाट भैरहवा र साढे १२ बजे भैरहवाबाट काठमाडौं उडान गर्ने जनाएको छ । काठमाडौंबाट भैरहवाको लागि ७ हजार र भैरहवाबाट काठमाडौंको लागि ३ हजार ८९० रुपैयां भाडा तय गरिएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित