रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न

बुटवल । स्वस्थ्य रगत, सबैका लागि नारा सहित चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाद्घारा आयोजित वृहत रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घघाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पारे ।

रक्तदान गरिदा यसबाट धेरै फाईदा मिल्ने भन्दै रक्तदान गरेर अरुको जीवन बचाउने पुण्य कार्यमा सवै सरिक हुनुपर्ने बताए ।

रक्तदाताको रगत विभिन्न रोगहरुको परिक्षण पछिमात्र विरामिलाई दिईने हुदा पनि आफ्नो स्वस्थ्य बारे जानकारी पाउन सकिने उनको भनाई छ । संस्थाका अध्यक्ष पोम बहादुर जिसि (पुरन)ले सामाजिक कार्य अन्तर्गत संस्थाले रक्तदान गरेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार राम प्रसाद शर्मा, सचिव खिम पुन लगाएतले बोलेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विश्वास गुरुङले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित