निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाको आयोजनामा रक्तदान सम्पन्न

बुटवल । स्वस्थ्य रगत, सबैका लागि नारा सहित चरङे भुमिगत खानेपानी तथा सरसफाई संस्थाद्घारा आयोजित वृहत रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उद्घघाटन गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पारे ।

रक्तदान गरिदा यसबाट धेरै फाईदा मिल्ने भन्दै रक्तदान गरेर अरुको जीवन बचाउने पुण्य कार्यमा सवै सरिक हुनुपर्ने बताए ।

रक्तदाताको रगत विभिन्न रोगहरुको परिक्षण पछिमात्र विरामिलाई दिईने हुदा पनि आफ्नो स्वस्थ्य बारे जानकारी पाउन सकिने उनको भनाई छ । संस्थाका अध्यक्ष पोम बहादुर जिसि (पुरन)ले सामाजिक कार्य अन्तर्गत संस्थाले रक्तदान गरेको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार राम प्रसाद शर्मा, सचिव खिम पुन लगाएतले बोलेका थिए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विश्वास गुरुङले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित