निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

यात्रुहरुको सुरक्षा र सहयोगका लागि बुटवल बसपार्कमा हेल्प डेस्क स्थापना

बुटवल । हिन्दुहरुको महान चाड बडा दशैंको आगमनसँगै बढदै गैरहेको भिडभाड तथा यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

यसबर्षको बडा दशैंको आगमनसँगै सवारी साधन र बसपार्कहरुमा आजभोली यात्रुहरुको भिडभाड बढेको छ । बर्षमा एकपटक दशैं मनाउन गाँउ घरतर्फ जानेहरुको लर्को नै लाग्ने गरेको दृष्य बसपार्कमा देखिन थालेको छ । भिडभाडको अवस्थामा यात्रुहरुलाई पर्ने समस्या समाधानका लागि सहयोग गर्ने उद्देश्यले बुटवलस्थित बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष राखिएको हो ।

बुटवल उपमहानगरपालिकाले बिभिन्न सरोकारवाला निकाय र संघसंस्थाहरुको सहकार्यमा बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । भिडभाडका कारण यात्रुहरुलाई पर्ने समस्या, गन्तब्य र सवारी साधनको बारेमा जानकारी, चोरीचकारी लुटपाट लगाएत बिभिन्न प्रकारका असुरक्षा, आकस्मिक रुपमा उत्पन्न हुने शारिरिक स्वास्थ्य समस्या लगाएतका ब्यक्तिगत घटनाका बारेमा समेत सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क राखिएको शाखा प्रमुख पाण्डेले बताएका छन् ।

हेल्प डेस्क शुभारम्भका अवसरमा पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बर्षमा एकपटक आउने दशैं तिहार जस्तो महत्वपुर्ण चाडपर्वमा यात्रुहरुलाई सुरक्षित र मर्यादित तवरले गन्तब्यमा पुराउन चालकहरुको दायित्व भएको बताए । ब्यबसायी र चालकहरु गम्भिर भएर सेवाभावले यात्रुहरुको हितमा लाग्नुपर्नेमा उनले जोड दिए । यात्रुहरुलाई गन्तब्यमा पुराउदै गर्दा दशैंमा उनिहरुले टिका र जमराका साथमा ठुलाबडाबाट पाएको आशिर्वाद चालकहरु र ब्यबसायीहरुलाई पनि प्राप्त हुने बिश्वास ब्यक्त गरेका छन् ।

सो अवसरमा सुरक्षित यात्रा नेपालका संरक्षक अर्जुन रानाभाटले चाडपर्वको समयमा हुने संभावित दुर्घटना रोक्न बिभिन्न उपायहरुको बारेमा चर्चा गर्दै यात्रुहरुको सामान र ब्यक्तिगत सुरक्षामा बिशेष ध्यान दिन आग्रह गरेका थिए । दुर्घटना न्यूनिकरणका अभियान्ता नारायण घिमिरे, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेलबासे, पत्रकार हरिश ढकाल, प्रहरी अधिकृतहरु, बस ब्यबसायीहरु लगाएतले चालक तथा सहचालकहरुलाई सहजीकरण गर्दै सचेतना जागृतीबारे अभिमुखीकरण गरेका थिए ।

बुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल प्रहरी, ट्राफिक प्रहरी, बस ब्यबसायी प्रा.लि, सुरक्षित यात्रा नेपाल लगाएत बिभिन्न संघसंस्थाहरुको सहकार्यमा संचालन गरिएको सो हेल्प डेस्कबाट बिभिन्न जिल्ला र शहरहरुको दुरी र टिकट दर बारे जानकारी दिने गरिएको छ । साथै संभावित घटना न्यूकिरणका लागि पनि सचेतना जागृत गर्ने र सजगता अपनाउने बिषयमा पनि जानकारी गराउने गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित