दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सामुदायिक वन समन्वय समिति, तिनाउको २१ ओैं वार्षिक साधारणसभा सम्पन्न

सामुदायिक वन समन्वय समिति, तिनाउ,पाल्पाकाे २१ ओैं वार्षिक साधारणसभा आइतवार दाेभानमा सम्पन्न भयाे ।

सभामा संस्थाका महासचिव गणेश रास्काेटीले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले गरेका गतिविधिहरुकाे प्रगति प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी साेही आर्थिक वर्षकाे आर्थिक प्रगति प्रतिवेदन संस्थाका काेषाध्यक्ष बिनाेदप्रसाद बस्यालले सुनाएका थिए । उनले २६ लाख ३२ हजार ८८५ रुपैयाँ बराबरकाे हिसावकिताव समेत सुनाएका थिए ।

आर्थिक वर्ष २०८१/०८२ का लागि संस्थाका अध्यक्ष दलबहादुर गुरुङले प्रस्तावित वार्षिक याेजना तथा कार्यक्रमका लागि अनुमानित २२ लाख ५० हजारकाे वजेट पेश गरेका थिए ।

सभाका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सामुदायिक वन उपभोक्ता समूहहरुले आम्दानीकाे १०% रकम गाउँपालिकामा बुझाउनु पर्ने बताउँदै आफ्नाे पालिका जल,जमिन र जंगलले धनी भएकाे बयान गरे ।

विशिष्ट अतिथिका रुपमा रहेका गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले वन डढेलाे यस क्षेत्रकै मुख्य समस्या रहेकाेले यसलाई न्यूनीकरण गर्न गाउँपालिकाले विशेष याेजना बनाएकाे जानकारी दिए ।

त्यसैगरी विशिष्ट अतिथिकै रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले वनमा अग्निरेखा बनाउने ,एक वन एक पाेखरी खन्ने र सुकेका सालका पातलाई संकलन गरि जैविक मल बनाउन पालिकाले वजेट विनियाेजन गरेकाे र समन्वय समितिसँग मिलेर पालिकाकाे वनसम्बन्धि याेजनालाई कार्यान्वयन गर्ने प्रतिवद्वता जनाए ।

साे सभाका अतिथि तिनाउ सवडिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत प्रेम चाैधरीले आफूले समन्वय समितिसँग हातेमालाे गरि अघि बढ्न सक्रिय रहने सुनाए ।

संस्थाका सल्लाहकार पदमलाल शाक्य, वनघुस्री सावउसका अध्यक्ष राेमबहादुर लम्तरी,सामुदायिक वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय लगायतले सहभागीलाई वन,वातावरण र जैविक विविधता संरक्षणका लागि सबै सराेकारवालाहरु एकजुट भई लाग्नुपर्ने,वन समूहमा देखिने प्राविधिक समस्याहरुलाई समाधान गर्नुपर्ने र आम्दानी एवम् उद्यमशीलतासँग वनलाई जाेड्नुपर्ने उल्लेख गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित