दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

खुल्ला स्थानमा खसीबोका बध गर्ने बुटवलका १३ मासु पसललाई जनही १० हजार जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले मासु पसल अनुगमनमा कडाई गरेको छ ।

बुटवलमा बधशाला सञ्चालनमा आएपनि मासु व्यवसायीहरुले बधशाला बाट बध गरेको खसी बोकाको मासु विक्रि नगरेको भन्दै अनुगमनमा कडाई गरेको छ ।

पछिल्ला दिनहरुमा लगातार मासु पसलहरुको अनुगमन भइरहेको छ ।

आईतबार पनि बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले १३ वटा पसलमा अनुगमन गरेको छ । सो अनुगमनका क्रममा सवै पसलहरुले खुल्ला रुपमै खसी, बोका बध गरेर मासु विक्रि गरिएको भेटिएको थियो ।

अनुगमन टोलीले सवै मासु पसललाई जनही १० हजारका दरले जरिवाना गरेको छ ।

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले पटक–पटक पशुबधशालामा व्यवसायीलाई जान भनेपनि अटेर गरेपछि पहिलो चरणमा जनही १०÷१० हजार जरिवाना गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाको पशु बधाला सञ्चालन र व्यवस्थापन ऐन, ०७९ (पहिलो संसोधन, ०८१) को दफा १७ को उपदफा २ बमोजिम आधुनिक पशु बधशालामा बध गरेको मासु बाहेक अन्यत्र बध गरेको मासु विक्रि वितरण गरेको पाइएपछि जरिवना गरिएको उनको भनाई छ ।
अनुगमन टोलीले पहिलो चरणमा १० हजार जनही जरिवाना लिने, त्यसपछि पनि खुल्ला बध गरेको भेटिए २५ हजार र तेस्रो पटक पनि खुल्ला बध गरेको भेटिएमा ५० हजार जरिवाना लिनेछ । अन्तिम समयमा पनि व्यवसायीले अटेर गरेमा मासु पसल नै बन्द गरिने उनले बताए ।

अनुगमन टोलीले ताहिर मासु एण्ड माछा पसल, पाल्पाली भैरव मासु पसल, न्यू अर्घाखाँची भुषाल मिट सप, हिमालय क्राउन बुचरी, पाण्डे मासु पसल, सुपा देउराली मासु पसल, गैरे मासु पसल, हाम्रो मासु पसल, आचार्य फ्रेस हाउस, न्यू रेहेमान मासु पसल, रेहान मासु पसल, पुरानो पहाडिया मासु पसल, न्यू पहाडी मासु पसल र हलाल मासु एण्ड माछा पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा व्यवसायीहरुले पशुबधशलामा गएर पशु बध गर्न नसकिने बताएका थिए । न्यू पहाडि मासु पसल सुख्खानगरका सञ्चालक ओम थापाले पशुबधशालामा गएर पशु बध गर्न नसकिने बरु पसल बन्द गर्नु परे गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित