रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

अग्रज पत्रकार कर्णबहादुर कार्कीको निधन

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति तथा प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । पाल्पास्थित तानसेनमा निधन भएकोमा बुटवलको मगरघाटमा उनको अन्त्येष्टि भएको हो ।
लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७० वर्षीय कार्कीको पाल्पा तानसेन धुवाघाटमा निधन भएको हो ।

उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । उनका एक श्रीमती भगवती, छोरी निरु, बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन सुरु गरेका थिए ।

पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालीन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा दाई कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी दर्ता गरेका थिए ।

दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालिका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति जारी गर्दै संस्थापक सम्पादक कार्कीको निधनले दैनिक लुम्बिनी परिवार स्तब्ध र दुखित भएको उल्लेख गरेका छन् ।

कार्कीका समकालीन रहेका रूपन्देहीका अग्रज पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाई, मदनलाल पौड्यालले कार्की बेथिति, बिसंगतिविरुद्ध र जनपक्षीय पत्रकारितामा खरो ढंगले उभिने साहसी र निडर पत्रकार भएको बताए । उनको शनिवार नै बुटवलको योगिकुटीस्थित मगरघाटमा अन्तिम दाहसंस्कार गरिएको नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित