दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

पहिरोले तम्घास रिडी सडक अवरुद्ध

गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

बाटो सञ्चालन गर्न निर्माण व्यवसायी समान्तर कन्टस्ट्रक्सनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । अहिले रिडीदेखि बिरवाससम्मको २५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न काम भइरहेको छ ।

गुल्मी सदरमुकाम तम्घास भित्रिने मुख्य सडक हो । सडक विस्तारको क्रममा रहेकाले अन्य समयमा पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित