भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

पाल्पा बुटवल सडक खण्डको केराबारीमा ठुलो पहिरो, अवरुद्ध सडक शनिवार मात्रै खुल्ने

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि शुक्रबार अपराह्न साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका–५, मस्याम केराबारी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । दुई वटा लोडर लगाएर सडक डिभिजन पाल्पाले खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भेटिएपछि खुलाउन नसकिएको जनाएको छ ।

सडक डिभिजन हेभी इक्वीपमेन्ट बुटवलबाट शनिबार बिहानमात्र ब्रेकर आउने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए ।सडक खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भेटिएकाले समस्या भएको हो,’ उनले भने, ‘रातिको समयमा सवारी साधन बन्द हुने र त्यसका लागि सुरक्षित स्थानमै सवारी साधन व्यवस्थापन गर्न प्रहरीलाई आग्रह गरिएको छ ।’पहिरोसहित ठूला ढुंगा खसेका कारण सडक आवागमन पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित