कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।

जापनीज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढने गरी योजना बनाउने समेत बताए ।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले बुद्धजन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए ।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरुको आवागमन बृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे ।

“पर्यटन र शान्ति“ भन्ने नारा सहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्द्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । निरन्तर वर्षात भएकाले शान्तिदीप स्थित थाई भिजिटर सेन्टरमा स्वागत गरिएको हो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना अधिकारी राजन बस्नेत लगायतको उपस्थिती रहेको थियो । लुम्बिनीमा स्वागत गरिएका पर्यटकहरुलाई लुम्बिनी होटल संघ नेपालले तिलौराकोट, रामग्राम लगायतका क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

लुम्बिनी विकास कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी होटल एशोसियसन, लुम्बिनी पर्यटन व्यावसायी संघ, महामाया रिक्सा चालक संघ, लुम्बिनी स्थानीय पथ प्रदर्शक संघ, लुम्बिनी अन्तरराष्ट्रिय विहारहरुको सहभागिता रहेको थियो ।

लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरीक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो बर्ष करिव १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो वर्ष सिजन शुरु भएकाले पर्यटक संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित