कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

घरेलु हिंसाको आरोपमा प्रदेशसभा सांसद गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी दिएकी हुन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्तासँग नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्तिको ६ वर्ष अगाडि विवाह भएको थियो ।

कान्तीले गत वर्ष कात्तिकमा पनि प्रशासनमा उजुरी दिएकी थिइन् । उक्त उजुरीपश्चात् दुवै जनालाई बोलाएर छलफल गरी मिल्ने सर्तमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘यसपटक शुक्रबार सीकेले सम्बन्ध विच्छेद गर्छु भनी निवेदन दर्ता गराएका थिए,’ उनले भने, ‘छलफलमा बोलाउँदा श्रीमती आउन नभ्याउने भइन र आइतबार उनले उजुरी दर्ता गरिन् ।’ उजुरीपछि पुनः छलफल गरेर मिलाउन खोजे पनि उनीहरुको कुरा नमिल्ने भएपछि छलफल र मिलनको फाइल बन्द गरिएको र कानुनी प्रक्रियामा जान सुझाइएको उनले बताए ।

गत वर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएका थिए । उनी रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सीके र कान्तिका दुई छोराछोरी छन् ।

कान्तिपुर बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित