कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

शनिबारसम्म पानी पर्ने पूर्वानुमान, बाली भित्र्याउन नहतारिनुस् !

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा तथा केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जानकारी दिएको छ।

महाशाखाले सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

विभागले सोमबार साँझ विशेष बुलेटिन जारी गर्दै बुधबारदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ।

यसका साथैै असोज १० गतेदेखि २०८१ असोज १२ गते शनिबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित