जजिरा र थाई एयर एसियाले भैरहवामा पुनः उडान गर्ने बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा गर्ने निर्णय सिद्धार्थ राजमार्गको सुनौली–पोखरा सडक ४५ किमी छोटो बनाउने तयारी रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउन उच्च अदालतको आदेश स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु सिमलटारी–सौतामारे–मच्छी सडक निर्माणमा ढिलाइ भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ?                
समाचार :

गुल्मीमा सुक्खा पहिरो, एक महिला बेपत्ता

सुक्खा पहिरोमा परी गुल्मीको मालिका गाउँपालिका–२, जुनाम, सिम्लेकी एक महिला बेपत्ता भएकी छन्।

पहिरोमा परी ६९ वर्षीया टनी पुन आइतबारदेखि बेपत्ता भएकी हुन्।

घरनजिकै रहेको मनकामना सामुदायिक वनमा गोरु चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा २ वटा गोरू मरेको भेटिएको प्रहरीको भनाइ छ।

उक्त सामुदायिक वनको ६ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ। अहिलेसम्म सम्पर्कमा नआएकीले पहिरोमा पुरिएको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित