कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सिरुको कुचोसँग चामल साट्छिन् सम्झना

दाङको लमही नगरपालिका-९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च जुटाइरहेकी छन्।

‘कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ’, चौधरीले भनिन्, ‘कुचो बेचेररसाटेर सङ्कलन भएका चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ।’

सिरुको कुचो बनाउने गरेको जानकारी दिँदै उनले यसको बजारमा माग धेरै भएको पनि बताइन्।

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन्।

‘एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ। नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ’, उनले भनिन्।

चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एक्लै रहेको बताइन्। एकपटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गर्ने उनले त्यसको आम्दानीले दुई महिनासम्म घर खर्च पुग्ने उनको भनाइ छ।

‘काँचो सिरु ल्याएर त्यसबाट कुचो बनाउँछु, त्यही कुचो सुकेपछि बेच्छु’, उनले भनिन्।

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने गरेकाले यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन्।

‘उमेर पनि गइसक्यो, अरु काम गर्न सकिँदैन’, उनले भनिन्, ‘कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु।’

काम सानो वा ठूलो नहुने बताउँदै उनले महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा जोड दिइन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित