रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लोकान्तरकर्मी आचार्यलाई प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार

लोकान्तर डट्कमका लुम्बिनी प्रदेश प्रतिनिधि प्रकाश आचार्य प्रेस काउन्सिल नेपालबाट पुरस्कृत भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आचार्य पुरस्कृत भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार राशि र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

रुपन्देहीको बुटवलमा रहेका सक्रिय पत्रकारिता गरिरहेका लोकान्तरकर्मी आचार्य ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका हुन् ।

सूचनाको हकको प्रयोग गर्दै आचार्यले प्रदेशसभा र प्रदेश सरकारका अनेक अनियमितताको समाचार लेखेका थिए । लोकान्तरमा समाचार प्रकाशित भएपछि प्रदेश सरकारका पूर्वमुख्यमन्त्री र सभाका पूर्वसभामुखले सरकारी सुविधाको गाडी फिर्ता गरेका थिए ।

प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकार पुरस्कृत भएका छन् ।

गोपालदास पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्ट दैनिकका अखण्ड भण्डारी र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट बद्री सिग्देल पुरस्कृत भएका छन् ।

यस्तै प्रेस काउन्सिल आचार संहिता पुरस्कार रातोपाटी डट्कमलाई प्रदान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित