कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लोकान्तरकर्मी आचार्यलाई प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार

लोकान्तर डट्कमका लुम्बिनी प्रदेश प्रतिनिधि प्रकाश आचार्य प्रेस काउन्सिल नेपालबाट पुरस्कृत भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आचार्य पुरस्कृत भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार राशि र सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

रुपन्देहीको बुटवलमा रहेका सक्रिय पत्रकारिता गरिरहेका लोकान्तरकर्मी आचार्य ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका हुन् ।

सूचनाको हकको प्रयोग गर्दै आचार्यले प्रदेशसभा र प्रदेश सरकारका अनेक अनियमितताको समाचार लेखेका थिए । लोकान्तरमा समाचार प्रकाशित भएपछि प्रदेश सरकारका पूर्वमुख्यमन्त्री र सभाका पूर्वसभामुखले सरकारी सुविधाको गाडी फिर्ता गरेका थिए ।

प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकार पुरस्कृत भएका छन् ।

गोपालदास पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्ट दैनिकका अखण्ड भण्डारी र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट बद्री सिग्देल पुरस्कृत भएका छन् ।

यस्तै प्रेस काउन्सिल आचार संहिता पुरस्कार रातोपाटी डट्कमलाई प्रदान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित