कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम

तिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिद्वारा आयोजित कम्प्यूटर तालिम सकिएको छ ।

तालिममा सहभागीता जनाउन इच्छुकहरु मध्येबाट छनौटमा परेका २० जना शिक्षक कर्मचारीहरुलाई १० दिने तालिम सञ्चालन गरिएको थियो । शान्ति नमुना मा.वि.को प्राविधिक सहयोगमा भएको तालिमको सहजिकरण संघका उपाध्यक्ष अमर डि.सी.ले गरेका थिए ।

संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षतामा भएको तालिम समापन समारोहमा बोल्दै नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कुलप्रसाद लामिछानेले परिवर्तित समयमा प्रविधिमैत्री तरिकाले बालबालिकाको सिकाई उपलब्धि बढाउन सकिने भन्दै यसलाई हरेक शिक्षण क्रियाकलापको विकल्प भने बनाउन नहुने बताए ।

संघका नगर सचिव दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष रुप कुमार रायमाझी, संघका तिलोत्तमाका पूर्व अध्यक्ष खेमराज पाण्डेय, तालिम संयोजक खेमानन्द चापागाई, प्रशिक्षार्थी जमुना रिजालले प्रविधिमैत्री सिकाईका सन्दर्भमा आआफ्नो अनुभव राखेका थिए ।

संघले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि दशै तिहारको बिदा पछि उद्घोषण तालिम लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित