रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई

बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ ।
शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८० ( ८१ का अवसरमा प्रदान गरिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा अर्वाड सहित नगद २५ हजार रुपैया नगद प्रदान गरेको रेडियोका अध्यक्ष दिपु पोखररेले जानकारी दिईन ।

सम्मान प्रदान गर्दै मन्त्री भट्टराईले आगामी दिनमा पनि रेडियोको माध्यमबाट शिक्षाको क्षेत्रमा उल्लेख्य भुमिका निवार्ह गर्न आग्रह गरिन । शिक्षा बिना समाज र राष्ट्र अगाडी बढ्न नसक्ने जानाउँदै उनले सबै क्षेत्र मिलेर शैक्षिक क्षेत्रको विकास गर्न जरुरी रहेको बताईन ।
पुरस्कार तथा सम्मान ग्रहणगर्दै रेडियोका अध्यक्ष दिपु पोखरेलले सम्मानले थप हौसला मिलेको बताईन ।

निरन्तर १६ बर्षदेखि आवाज बिहिनको आवाज उठाएर समाजमा सञ्चारको माध्ययमबाट खेलेको भुमिका र योगदानको उचित मुल्यांकन गरी सम्मान गरेकोमा समुहलाई धन्यवाद ब्यक्त गरिन । आगागी दिनमा पनि रेडियाले शिक्षा क्षेत्रका समस्या पहिचान गरि सञ्चारको माध्ययमबाट निरन्तर रुपमा उठाउने प्रतिबद्धता ब्यक्त गरिन ।


मोफसलमा रहेर महिलाहरुको नेतृत्वमा संचालित सामुदायिक रेडियोले सार्वजनिक शिक्षाको गुणस्तर अभिबृद्धि, र यसको बिस्तारमा पुर्र्याएको योगदानका आधारमा अवार्ड प्रदान गरिएको समुहका सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक हरि थापाले बताए । महिलाहरुद्धारा सञ्चालित रेडियो मुक्ती बिगत १६ बर्षदेखि लुम्बिनी प्रदेशको बुटवलबाट ९५ थोप्लो ५ मेगाहर्जबाट प्रसारण हुदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित