३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५।५७ मिटर छेडिएको हो । योसंगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो ।

उत्तरतर्फबाट २३७।८० र दक्षिणतर्फबाट ३०७।७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सुरुङमार्गका तीनवटा बाइपास रहेका छन । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ । बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ ।

आयोजनाको कूल भौतिक प्रगति २२।८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६।४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो ।

सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ब्लास्टिङ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिईन ।

तीनवटा बाइपासमध्ये एउटा छेडिएको र एउटा अबको १० दिनभित्र छेडिने उनको भनाई छ । मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य रहेको उनले बताईन । बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द हुने गरेको छ ।

कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङको ब्रेक थु्र गर्ने आयोजनाको तयारी छ । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ ।

यही क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ । भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउंदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ । बाह्रै महिना पहिरो झर्ने यो ठाउंलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो ।

सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसंग ७ अर्ब ३४ करोड २१ लाख रुपैयांमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने शर्त छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित