रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिवद्ध रहेको बताएका हुन् ।

सबैप्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउँदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

‘सेवा प्रवाहको नविनतम भूमिकामा प्रदेश संरचना रहेको छ । कानून निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहन्छु’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्धि र विकासप्रति जनताकोे तीव्र आकांक्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ संकल्पित छौं । संविधानको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो । संविधानले मार्गदर्शन गरेअनुरुप सरकारका काम कारवाही अगाडि बढाउनु नै विधिको शासनको मूल मर्म हो भन्ने हामीलाई लागेको छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित