कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्मअनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिवद्ध रहेको बताएका हुन् ।

सबैप्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको बताउँदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

‘सेवा प्रवाहको नविनतम भूमिकामा प्रदेश संरचना रहेको छ । कानून निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहन्छु’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्धि र विकासप्रति जनताकोे तीव्र आकांक्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ संकल्पित छौं । संविधानको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो । संविधानले मार्गदर्शन गरेअनुरुप सरकारका काम कारवाही अगाडि बढाउनु नै विधिको शासनको मूल मर्म हो भन्ने हामीलाई लागेको छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित