कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

जब दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे…

बुटवल : शिरमा ढाका टोपी। खुट्टामा प्लास्टिकको चप्पल अनि पिठ्युँमा भारी। उमेरले ६० बर्ष पुगेका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी आइपुगे। दसैं खर्चका माग्न आएका उनले मुख्यमन्त्रीलाई आफ्नै हातले बनाएको काठको कोसी उपहार दिए।

‘यो काठको कोसी हो। हातैले बनाएको। यस्तो कोसी बनाउन थालेको धेरै भइसक्यो’ उनले भने, ‘मुख्यमन्त्रीज्यू, दसैं त आइहाल्यो। खर्च चाहियो।’

सुर्खेतमा बस्दै आएका शाही दसैं खर्च माग्न यसपालि एक्लै लुम्बिनी प्रदेशसम्म आइपुगे।

‘साथीहरू आउन थालेका थिए। गाडी चढ्न डराए’ उनले भने, ‘मरे मै मरुला भनेर आएँ।’

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। उनले पनि मासिक चार हजार रुपैयाँ भत्ता बुझ्दै आएका छन्।

राउटे समुदाय हरेक बर्ष दसैंको खर्चको लागी प्रदेश सरकारमा धाउँदै आएका छन्।

मुख्यमन्त्री आचार्यले राउते समुदायलाई राम्रोसँग दसैं मनाउन दिबहादुर मार्फत सन्देश पठाए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित