रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु

बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन्।

बुधबार अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२ ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक यामबहादुर बुढाका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका – ४ का ३७ वर्षीय रामशरण थारु र राप्ती सोनारी – ३ का १९ वर्षीय बसन्त थारु छन्। उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो ।

दुर्घटनामा परी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर – ४ घर भएर हाल राप्तीसोनारी – ४ धामपुरमा बस्दै आएका ३१ वर्षीय अजय दहित घाइते गम्भीर घाइते छन् । उनको नेपालगन्ज उपचार जारी छ ।

त्यस्त भे१२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी – ३ खैरेनीका १६ वर्षीय संगित थारु र राप्ती सोनारी – ३ खैरेनीका २१ वर्षीय संजय थारुपनि घाइते छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित