रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवल कालिकानगरमा हाईल्याण्ड प्रा.लि.को औपचारिक शुभारम्भ

बुटवल । बुटवलको कालिकानगरमा आईतबार देखि होटल हाईल्याड प्रालिको औपचारिक शुभारम्भ गरिएको छ ।

युवा पर्यटन व्यवसायी अर्जुन थापाले एकल लगानीमा प्रा.लिको रेष्टुरेन्ट शुभारम्भ गर्दै हाईल्याण्ड प्रा.लिलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएका हुन । उक्त शुभारम्भ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरे ।

सो अवसरमा बोल्दै उनले बुटवल बजारलाई चलायमान बनाउन रात्रिकालिन बजार चलाउनुपर्ने बताए ।

उनले पर्यटन नै आर्थिक विकासको आधार भएको समेत भन्दै पछिल्लोसमय धेरै होटल ब्यवसायीहरु रात्रीकालिन सेवा दिने गरि पूर्वाधार विकास गर्दै गएको र क्षेत्र तोकेर रात्रीकालिन चलाउन सकिने सम्भावना समेत रहेको बताए ।

युवा ब्यवसायी अर्जुन थापाले ६ वर्ष अघि लिजमा लिएर सो होटल शुरुवात गरेका थिए । जागिरसंगै ब्यवसायमा लागेको उनि यस क्षेत्रमा धेरै उतारचढावहरु ब्यहोरेको बताए । होटलमा १४ वटा एसि रुम, ७ ननएसी एटेज गरि २१ वटा रुमहरुसंगै ब्यवस्थित रेष्टुरेन्ट समेत थप गरिएको उनले बताए ।

कार्यक्रममा रुपन्देही होटल ब्यवसायी संघका सल्लाहकार माधव प्रसाद नेपालले पर्यटनबाट आर्थिक विकासको सम्भावना हुदाहुदै पनि धेरै गर्न नसकिएको भन्दै अब सरोकारवालाहरु यस विषयमा जाग्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक विष्णु बस्नेतले बुटवल जस्तो शहरलाई सुरक्षा दिने गरि प्रतिवद्घता जनाए । आम नागरिकको सुरक्षा, कानुनी अडचनको बारेमा समेत सचेत भएर आफ्नो ब्यवसाय संचालन गर्नुपर्ने बताए । होटलमा आधारभुत आवश्यकतालाई पुरा गर्न उनले सुझाव दिदै ब्यवसायिकसंगै सभ्यताको शहरको रुपमा चिनाउने गरि अघि बढाउन सबैको साथ जरुरी रहेको बताए ।

कार्यक्रममा वडा नं १०, सत्यसाई भैरव टोल विकास संस्थाका अध्यक्ष राजु पौडेलले होटल ब्यवसायबाट टोलमा कुनै प्रकारको समस्या नभएको भन्दै बरु उल्टो टोलको विकासमा सधै सहकार्य भएको बताए ।

कार्यक्रममा नेपाल होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, रुपन्देही होटल ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिलवाल, संघका सदस्य केशवराज पाण्डे, होटल संचालक पुष्पा थापाले सेवामुलक उद्योगका रुपमा रहेको होटलमा धेरै कठिनाईहरु रहेको भन्दै तिन तहकै सरकारबाट पर्यटनमैत्री नीतिमार्फत सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित