रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

नेपाल निर्माण उधोग परिषद लुम्बिनीको पदस्थापन

बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उधोग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकारले काम गर्ने बताए । उनले देश विकासको उद्योग परिषदको ठूलो भूमिका रहेको चर्चा गरे । त्यस्तै कार्यक्रममा नेपाल निमाण उधोग परिसदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले आफनो काम सहित पार्टीको संगठन बनाउन लाग्नुपर्ने बताए । उनले आउदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति सहित उभ्याउन सबै क्षेत्रमा व्यवसायी पनि लाग्नुपर्ने बताए । रानाले त्यसको लागि सदस्यता बिस्तारमा जुटन समेत रानाले आग्रह गरे ।
नव निर्वाचित अध्यक्ष नारायण भुसालले ब्यबसायीका समस्या पहिचान गर्न पार्टीलाई आग्रह गरे । नेपाल निर्माण उधोग परिषदका केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल निर्माण उधोग परिषदका केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायतले बोलेका थिए । कायक्रम को सञ्चालन महासचिव जबिन कक्षपातिले गरेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित