दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा रोकियो, पूर्वी नेपालका केही ठाउँमा आज ठूलो पानी पर्ने

लुम्बिनी र सुदूरपश्चिममा अस्ति (बिहीबार) साँझदेखि लगातार परिरहेको वर्षा रोकिएको छ । गएरातिदेखि पश्चिम नेपालमा लगातारको वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिममा वर्षा रोकिए पनि बागमतीसहित पूर्वी नेपालका केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्य उत्तरप्रदेशको आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ ।

यसअघि बिहीबारदेखि लुम्बिनी र सुदूरपश्चिमलगायत पश्चिम भेगमा ठूलो पानी परेको थियो ।

बाढी र डुबानले कैलाली, कन्चनुर र बर्दियामा ठूलो क्षति गरेको थियो । बाढी र डुबानका कारण तीन जिल्लामा ३०० परिवार विस्थापित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित