कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

आज साँझदेखि हावाहुरीसहित व्यापक वर्षाको सम्भावना, यी ८ जिल्ला उच्च जोखिममा

  • भदौ २९ गते बिहानसम्मका लागि ‘अलर्ट’ जारी
  • आज (बिहीबार) साँझदेखि पानी पार्ने प्रणाली थप सक्रिय हुने भएकाले भदौ २९ गते बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकमा अपिल गरेको छ।

    महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि भारतको मध्यप्रदेश आसपास अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना छ।

    जसका कारण भदौ २७ गते (आज) साँझदेखि २९ गते बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ।

    यस अवधि (भदौ २७ साँझदेखि २९ बिहानसम्म) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

    मौसम महाशाखाको विशेष बुलेटिनअनुसार उक्त अवधिमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

    सो सम्भावित वर्षाका कारण जिल्लागत हिसाबले कुनमा कति जोखिम छ भन्ने विषयमा मौसम महाशाखाले सूची सार्वजनिक गरेको छ।

    जसअनुसार आठ जिल्ला- बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम वर्षाको उच्च जोखिममा छन्।

    यसैगरी १९ जिल्ला– बारा, चितवन, नवलपरासी पूर्व, अर्घाखाँची, दैलेख, दार्चुला, पर्सा, स्याङ्जा, रुपन्देही, कालिकोट, बझाङ, तनहुँ, पाल्पा, सल्यान, बाजुरा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ र बाँके मध्यम जोखिममा छन्।

    मौसम महाशाखाका अनुसार पाँचथर, सिराहा, मकवानपुर, म्याग्दी, रुकुमपूर्व, डोल्पा, मोरङ, सप्तरी, बागलुङ, रोल्पा, मुगु, सुनसरी, धनुषा, कास्की, गुल्मी, हुम्ला, धनकुटा, रौतहट, पर्वत, प्युठान, जुम्ला, उदयपुर, सर्लाही, स्याङ्जा, जाजरकोट, झापा, महोत्तरी, तनहुँ, रुकुम–पश्चिम, इलाम, लमजुङ र गोर्खा भने न्यून जोखिममा छन्।

    विशेष बुलेटिनमा भनिएको छ- तसर्थ वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित