रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

आज साँझदेखि हावाहुरीसहित व्यापक वर्षाको सम्भावना, यी ८ जिल्ला उच्च जोखिममा

  • भदौ २९ गते बिहानसम्मका लागि ‘अलर्ट’ जारी
  • आज (बिहीबार) साँझदेखि पानी पार्ने प्रणाली थप सक्रिय हुने भएकाले भदौ २९ गते बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकमा अपिल गरेको छ।

    महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि भारतको मध्यप्रदेश आसपास अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपाल नजिक) सर्ने सम्भावना छ।

    जसका कारण भदौ २७ गते (आज) साँझदेखि २९ गते बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ।

    यस अवधि (भदौ २७ साँझदेखि २९ बिहानसम्म) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

    मौसम महाशाखाको विशेष बुलेटिनअनुसार उक्त अवधिमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

    सो सम्भावित वर्षाका कारण जिल्लागत हिसाबले कुनमा कति जोखिम छ भन्ने विषयमा मौसम महाशाखाले सूची सार्वजनिक गरेको छ।

    जसअनुसार आठ जिल्ला- बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम वर्षाको उच्च जोखिममा छन्।

    यसैगरी १९ जिल्ला– बारा, चितवन, नवलपरासी पूर्व, अर्घाखाँची, दैलेख, दार्चुला, पर्सा, स्याङ्जा, रुपन्देही, कालिकोट, बझाङ, तनहुँ, पाल्पा, सल्यान, बाजुरा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ र बाँके मध्यम जोखिममा छन्।

    मौसम महाशाखाका अनुसार पाँचथर, सिराहा, मकवानपुर, म्याग्दी, रुकुमपूर्व, डोल्पा, मोरङ, सप्तरी, बागलुङ, रोल्पा, मुगु, सुनसरी, धनुषा, कास्की, गुल्मी, हुम्ला, धनकुटा, रौतहट, पर्वत, प्युठान, जुम्ला, उदयपुर, सर्लाही, स्याङ्जा, जाजरकोट, झापा, महोत्तरी, तनहुँ, रुकुम–पश्चिम, इलाम, लमजुङ र गोर्खा भने न्यून जोखिममा छन्।

    विशेष बुलेटिनमा भनिएको छ- तसर्थ वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित