रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुले अघि सारेका मागहरु आंशिक रुपमा पुरा भएपछि आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको जनाएको छ । पार्टीका व्यूरो ईन्चार्ज तिलकले पत्रकार सम्मेलनमा बोल्दै पार्टीले साउन २६ गते गरेको निर्णय अनुसार कांग्रेस सांसद बादशाह कर्मीलाई मन्त्रीबाट राजिनामा दिनुपर्ने र अर्का सांसद धनबहादुर केसीलाई कानुनी कारबाही हुनुपर्ने माग सहित आन्दोलन सुरु गरेकोमा दुवै माग आंशिक पूरा भएपछि आन्दोलनका कार्यक्रम स्थगित गर्नु परेको उनले बताए।
निर्मला कुर्मी बेपत्ता तथा हत्या गरेको आरोप लागेको बन तथा बातावरण मन्त्री बादशाह कुर्मीले मंगलबार मात्र राजिनामा दिएका थिए । उनको बुधबार मूख्यमन्त्री चेतनारायाण आचार्यले राजिनामा स्वीकृत समेत गरेका छन् । यसैगरी अर्का सांसद केसीले अदालतमा आत्मसम्पर्ण गरी कैद भुक्तान गरेको भन्दै ईन्चार्ज तिलकले अबको आन्दोलन जिल्ला र स्थानिय तह केन्द्रीत हुने बताए । उनले कुर्मीमाथी अब थप अनुसन्धान हुनुपर्ने र अर्का सांसद केसीलाई विवादित फैसला दिने न्यायधिश माथी पनि दवावमुलक कार्यक्रम आयोजना गरिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित