रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

देवदहमा फोहोर बर्गीकरण अभियान सुरु

बुटवल । देवदह नगरपालिका–५, वडा कार्यालयले फोहोर बर्गीकरण अभियान शुरु गरेको छ ।

डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्नको लागि कुहिने र नकुहिने फोहोरलाई बर्गीकरण गर्ने अभियान शुरु गरेको हो ।

वडा भित्रको प्रत्येक टोलमा फोहोर बर्गीकरण गर्ने अभियान संचालन गरेको र बर्गीकरण गरेपछि मात्र फोहोर उठाउने वडाअध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।

फोहोर बर्गीकरण नगर्दा धेरै समस्या आएको भन्दै प्रत्येक टोलमा पुगेर फोहोर बर्गीकरण गर्ने अभियान संचालन गरेको बताए ।

देवदह नगरपालिकाले बुद्ध सामुदायिक वन क्षेत्रमा डम्पिङ्ग निर्माण गरी फोहोर व्यवस्थापन गर्दै आएको थियो । देवदह नगरपालिकाले डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्दा दुर्गन्धीत फैलिएको भन्दै बुद्ध सामुदायिक वन उपभोक्ता समुहले विगत एक महिनादेखि डम्पिङ्ग साईडमा फोहोर फाल्न रोक लगाएको छ ।

फोहोरलाई बर्गीकरण गरेपछि मात्र देवदह नगरपालिकाले संचालन गरेको डम्पिङ्ग साईडमा फाल्न दिने सहमति अनुसार फोहोर बर्गीकरणको अभियान शुरुवात गरेको हो । फोहोर बर्गीकरण नगर्दा डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्न असहज भएकोले गाउ÷टोलमा फोहोर बर्गीकरण गर्ने गरी अभियान संचालन गरिएको वडाअध्यक्ष डुम्रेले जानकारी दिए।

नगरपालिकाले बर्गीकरण नगर्दा सम्म घर÷घरबाट फोहोर नउठाउने निर्णय गरेसंगै फोहोर बर्गीकरण सम्वन्धी आमनागरिकलाई सचेतना जगाउनको लागि अभियान संचालन गरेको डुम्रेले बताए ।

पहिलो चरणमा प्रत्येक टोलमा पुगेर फोहोर बर्गीकरण संगै कुहिने फोहोर र नकुहिने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आमनागरिकलाई जानकारी दिने गरी अभियान संचालन गरेको डुम्रेले बताए ।

देवदहको खैरेनी चोक देखि शुरु गरिएको फोहोर बर्गीकरणको अभियान गोठीडी मार्ग, सिद्धार्थकलोनी, दुर्गानगर, बैकुण्ठनगर, दुर्गानगर, नमुना हरियाली टोलमा फोहोर बर्गीकरण गरिएको र वाकी रहेको टोलहरुमा निरन्तरण रुपमा अभियान संचालन गर्ने बताऐ ।

फोहोरलाई घरमै व्यवस्थित गर्न सके फोहोरलाई मोहरमा परिणत गर्न सकिने भएकोले अभियान संचालन गरिएको उनले बताए ।

फोहोर बर्गीकरण अभियानमा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी तथा आमनागरिकको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित