रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

ठुलठुला ढुंगासहितको सुक्खा पहिरोले सिद्धबाबा सडक अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै शनिबार दिउँसो पहिरो झरेपछि सडक अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा ठुलठुला ढुंगासहित सुक्खा पहिरो झरेको हो ।


पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक बुढाले पहिरोले सडक अवरुद्ध बनेको बताए ।

‘ठुलठुला ढुंगा झरेका छन्,’ बुढाले लोकान्तरसँग भने, ‘पहिरो हटाएर सडक खुलाउन समय लाग्छ ।’

सिद्धबाबाको साढे तीन किलोमिटर क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र मानिन्छ । अहिले यहाँ सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ ।

यो बाटो भएर स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी अर्घाखाँचीसम्म जाने सवारी र पहाडबाट बुटवलतर्फ आउने सयौं सवारी बाटोमै रोकिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित