रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

ठुलठुला ढुंगासहितको सुक्खा पहिरोले सिद्धबाबा सडक अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै शनिबार दिउँसो पहिरो झरेपछि सडक अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा ठुलठुला ढुंगासहित सुक्खा पहिरो झरेको हो ।


पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक बुढाले पहिरोले सडक अवरुद्ध बनेको बताए ।

‘ठुलठुला ढुंगा झरेका छन्,’ बुढाले लोकान्तरसँग भने, ‘पहिरो हटाएर सडक खुलाउन समय लाग्छ ।’

सिद्धबाबाको साढे तीन किलोमिटर क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र मानिन्छ । अहिले यहाँ सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ ।

यो बाटो भएर स्याङजा, पोखरा, बाग्लुङ, गुल्मी अर्घाखाँचीसम्म जाने सवारी र पहाडबाट बुटवलतर्फ आउने सयौं सवारी बाटोमै रोकिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित