निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवल डेल्टा मार्टमा आइतबारदेखि दोस्रो जुत्ता चप्पल मेला लाग्ने

बुटवल । बुटवलमा दोस्रो जुत्ता चप्पल ब्यापार मेला २०८१ लाग्ने भएको छ । भदौ ९ गते आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिषरमा जुत्ता मेला लाग्ने भएको हो ।
नेपाली लुगा घरको आयोजनामा दशैसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मुलाको आयोजना गरिएको बताए ।

बुटवल मिलन चोकमा रहेको डेल्टा मार्टका परिषरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था परिएको भुसालले जानकारी दिए । उनले पहिलो प्राथमिकता ग्राहकलाई दिइएको मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने जानकारी दिए।

दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावरको कारोबार हुने संयोजक भुसालले जानकारी दिए। केही समय अगाडि आगलागीबाट डेल्टा मार्टले करोडौको नोक्सानी बेहोर्नु परेको उल्लेख गर्दै भुसालले जुत्ता मेलाबाट अगाडि तग्रिन लागेको प्रतिकृया दिए । मेलामा सबै उमेर र वर्गका लागि जुत्ता चप्पल राखिने बताइएको छ । हिन्दुहरुका चाडपर्वहरुलाई लक्ष्यित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरु रहने फुटवेयर मेनिफेक्चरिङ्ग एशोसियशन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित