रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवल डेल्टा मार्टमा आइतबारदेखि दोस्रो जुत्ता चप्पल मेला लाग्ने

बुटवल । बुटवलमा दोस्रो जुत्ता चप्पल ब्यापार मेला २०८१ लाग्ने भएको छ । भदौ ९ गते आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिषरमा जुत्ता मेला लाग्ने भएको हो ।
नेपाली लुगा घरको आयोजनामा दशैसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मुलाको आयोजना गरिएको बताए ।

बुटवल मिलन चोकमा रहेको डेल्टा मार्टका परिषरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था परिएको भुसालले जानकारी दिए । उनले पहिलो प्राथमिकता ग्राहकलाई दिइएको मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने जानकारी दिए।

दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावरको कारोबार हुने संयोजक भुसालले जानकारी दिए। केही समय अगाडि आगलागीबाट डेल्टा मार्टले करोडौको नोक्सानी बेहोर्नु परेको उल्लेख गर्दै भुसालले जुत्ता मेलाबाट अगाडि तग्रिन लागेको प्रतिकृया दिए । मेलामा सबै उमेर र वर्गका लागि जुत्ता चप्पल राखिने बताइएको छ । हिन्दुहरुका चाडपर्वहरुलाई लक्ष्यित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरु रहने फुटवेयर मेनिफेक्चरिङ्ग एशोसियशन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित