दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट, दुई जना विद्यार्थी पक्राउ

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ।

बिहीबार बिहान ९ बजेतिर सुतली बम विस्फोट भएको प्रहरीले जनाएको छ।
बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्की पक्राउ परेका हुन्। उनीहरू प्लस टुका विद्यार्थी हुन्।

पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएको प्रहरीको भनाइ छ।

‘सडकमा सुतली बम सल्काएर क्याम्पसको गेटनजिक फालिएको देखिन्छ। रमाइलोका लागि पड्काएका हौं भनेर उनीहरूले बयान दिएका छन्,’ उनले भने, ‘थप अनुसन्धान हुँदैछ।’

मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए। भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले क्याम्पसमा पठनपाठन भने नरोकिएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित