रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

दाङको तुलसीपुरमा आज (बुधबार) बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय यामबहादुर नेपालीको मृत्यु भएको हो।

उनीहरू स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर बिहान १० बजेतिर भित्र पसेका थिए।

‘इनारभित्र उनीहरू बेहोस भएका उनीहरूलाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरे’, डीएसपी तिमल्सिनाले भने।

इनारभित्र पसेका उनीहरू निस्कन नसकेको सूचना पाउनासाथ प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको नेतृत्वमा तीन जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। तर उद्धार गरी अस्पताल पुर्‍याउनासाथ बिहान ११ बजेतिर डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

‘प्रायः इनारभित्र अक्सिजन नपुगेर त्यस्तो दुर्घटना हुने गर्छ’, डीएसपी तिमल्सिनाले भने, ‘तर खास कुरो के हो, हामी अनुसन्धान गर्दै छौँ।’

‘इनारभित्र उनीहरू आफैँ पसेका थिए वा कसैले खसालिदियो’, उनले थपे, ‘यो कुरा हामी बुझिरहेका छौँ, तर जहाँसम्म लाग्छ– उनीहरू कामदार थिए।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित