निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

राजनीतिक खिचातानीले लुम्बिनी प्रादेशिक अस्पताल लथालिङ्ग

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति नहुँदा लथालिङ्ग भएको छ । राजनीतिक खिचातानीले प्रादेशिक अस्पताल, बुटवलमा प्रशासनिक पदहरू लामो समयदेखि रिक्त छन् ।

अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट काममा रोक लगाएपछि थप समस्या भएको छ । गत जेठ १८ गते ११ औँ तहको डाक्टर विष्णु गौतमलाई मेसुमा नियुक्त नगरी राजनीतिक पहुँचको आधारमा लुम्बिनी प्रदेश सरकारले १० औँ तहका डा. इन्द्र ढकाललाई नियुक्त गरेपछि विवाद बाहिर आएको छ ।

अस्पताल व्यवस्थापन विषयमा अध्ययनसमेत गरेका डाक्टर विष्णु गौतमले आफूलाई पन्छाएर जुनियरलाई नियुक्ति दिइएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । सोही आधारमा सर्वोच्चले १० औँ तहका डा ढकाललाई काममा नलगाउन असार १४ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

डा. गौतमले भने, ‘मेरो पढाई अस्पताल व्यवस्थापन छ, मलाई नेपाल सरकारले मेसुको जिम्मेवारी तोकेको छ तर यहाँ चलखेल गरेर तल्लो तहलाई मेसुको जिम्मेवारी दिँदै मलाई बाहिर राखिन्छ भने त्यो भन्दा ठुलो अन्याय के हुन्छ ?’

यता डा. ढकालले प्रदेश सरकारले प्रशासनिक नेतृत्व क्षमता देखेर आफूलाई मेसुमा नियुक्त गरेको दाबी गरेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य सचिव डा.वासुदेव उपाध्यायले मेसु नियुक्ति प्रकरणमा अदालतले अन्तरिम आदेश दिएपछि तत्कालका लागि अस्पतालको दैनिक प्रशासनिक काम सञ्चालनमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीलाई अधिकार दिएको बताए । ‘अहिले सरकारले अदालतको आदेश कुर्नु बाहेक अन्य कुनै विकल्प छैन । त्यसकारण तत्काल दैनिक काम नरोक्ने गरी गिरीलाई जिम्मेवारी दिएको हो,’ उनले भने ।

अस्पतालका सूचना अधिकारी डा.नेत्र रानाले पनि हालै सूचना अधिकारीको पदबाट राजीनामा दिएको रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुनसाथ अस्पताल विकास समिति परिवर्तन गर्ने प्रचलनजस्तै बनेको छ ।

२०८० वैशाखमा तत्कालीन मुख्यमन्त्री लीला गिरीले सरकार छाड्ने बेलामा बुटवलका अजयमान श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका थिए । श्रेष्ठ एमाले पार्टीमा आबद्ध छन् । गिरी नेतृत्वको सरकार ढलेपछि कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारले अस्पताल विकास समिति गठनसम्बन्धी कार्यविधि नै खारेज गरी नयाँ कार्यविधि ल्याएर कांग्रेसका जीवन प्रसाद ओझालाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

त्यसपछि श्रेष्ठ अदालत पुगे । अस्पताल विकास समिति खारेज गरी नयाँ नियुक्तिको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी ग¥यो । नयाँ नियुक्तिलाई अदालतको अन्तरिम आदेशले कार्यकारी भूमिकामा रोक लगाएको छ भने त्यसअघिका व्यवस्थापन समिति अध्यक्षलाई जिम्मेवारी सम्हाल्न पनि कानुनी अधिकार नभएकाले विकास समिति निष्क्रियजस्तै छन् ।

विकास समिति खारेजी तथा नयाँ नियुक्तिको निर्णयविरुद्ध परेका रिट निवेदनमा २०८० मङ्सिर १९ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले कार्यान्वयन नगर्न आदेश दिए पनि त्यसपछिका सुनुवाइ तथा बहस हुन सकेको छैन ।

विकास समिति नहुँदा अस्पतालमा नयाँ योजना कार्यान्वयन, स्वास्थ्य सेवाको सुधार लगायतका कामले गति लिन सकेको छैन । अहिले अस्पताल विकास समिति र मेसु नहुँदा महत्त्वपूर्ण निर्णय गर्न र बिरामीको हितमा काम गर्न सकस परेको अस्पतालका कर्मचारीहरू बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित