प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

मोतिपुर खानेपानीमा अनियमितता भएको भन्दै तालाबन्दी

बुटवल । मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल–१९ मा अनियमितता भएको आरोप लगाउदै केही उपभोक्ता र स्थानीयले अध्यक्षको राजीनामा माग गरेका छन् । कार्यसमिति सदस्य, कोषाध्यक्ष र सचेत नागरिकले अध्यक्ष जंगबहादुर खत्री र केही कर्मचारीले संस्थाको हितबिपरीत जानकारी विपरीत लाखौं मूल्यका खानेपानीका सामग्री गरिएको भन्दै नैतिकताका आधारमा अध्यक्षको पद छाडन आग्रह गरेका हुन् । उनीहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी नाराबाजी समेत गरेका छन ।

संस्थाका कार्यसमिति सदस्य केशवबहादुर कुँवरले कोटेसन बिना गएको जेठमा अध्यक्षले संस्थालाई आवश्यकभन्दा धेरै खानेपानीका सामान किन्दा अनियमितताको आशंका देखिएकोले राजीनामा दिन आग्रह गरे । १८ लाख ९१ हजार ५०३ रुपैयाँको सामान किनेको बताइएको छ । कोटेसन नमागी, कार्यसमितिमा जानकारी नदिई सामान किन्नु गलत मनसाय देखिएको कुँवरको भनाइ छ । खानेपानीमा ४ हजार ५०० उपभोक्ता रहेका छन् । यो खानेपानीका बुटवल १७, १८ र १९ नम्बर वाडका बासिन्दा छन ।

सचेत नागरिक समितिका उपाध्यक्ष श्याम विश्वकर्माले आफ्नो लाभका लागि संस्थाको दुरुपयोग गर्ने काम स्वीकार्य नहुने बताए । संस्थाका कोषाध्यक्ष कृष्णबहादुर नेपालीले किनेर चेकमा हस्ताक्षर गर्ने बेलामा आफूलाई बल्ल जानकारी पाएको बताए । माओवादीका नेता भीमलाल तिवारीले नैतिकताका आधारमा अध्यक्षले राजीनामा दिनु उपयुक्त हुने धारणा राखे । संस्थामा ५ करोड रुपैयाँ रहेको बताइएको छ । पछिल्लो समय यस क्षेत्रका धेरै खानी संस्थामा बेतिथि भएका घटनाहरु बाहिरिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित