रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

मोतिपुर खानेपानीमा अनियमितता भएको भन्दै तालाबन्दी

बुटवल । मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल–१९ मा अनियमितता भएको आरोप लगाउदै केही उपभोक्ता र स्थानीयले अध्यक्षको राजीनामा माग गरेका छन् । कार्यसमिति सदस्य, कोषाध्यक्ष र सचेत नागरिकले अध्यक्ष जंगबहादुर खत्री र केही कर्मचारीले संस्थाको हितबिपरीत जानकारी विपरीत लाखौं मूल्यका खानेपानीका सामग्री गरिएको भन्दै नैतिकताका आधारमा अध्यक्षको पद छाडन आग्रह गरेका हुन् । उनीहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी नाराबाजी समेत गरेका छन ।

संस्थाका कार्यसमिति सदस्य केशवबहादुर कुँवरले कोटेसन बिना गएको जेठमा अध्यक्षले संस्थालाई आवश्यकभन्दा धेरै खानेपानीका सामान किन्दा अनियमितताको आशंका देखिएकोले राजीनामा दिन आग्रह गरे । १८ लाख ९१ हजार ५०३ रुपैयाँको सामान किनेको बताइएको छ । कोटेसन नमागी, कार्यसमितिमा जानकारी नदिई सामान किन्नु गलत मनसाय देखिएको कुँवरको भनाइ छ । खानेपानीमा ४ हजार ५०० उपभोक्ता रहेका छन् । यो खानेपानीका बुटवल १७, १८ र १९ नम्बर वाडका बासिन्दा छन ।

सचेत नागरिक समितिका उपाध्यक्ष श्याम विश्वकर्माले आफ्नो लाभका लागि संस्थाको दुरुपयोग गर्ने काम स्वीकार्य नहुने बताए । संस्थाका कोषाध्यक्ष कृष्णबहादुर नेपालीले किनेर चेकमा हस्ताक्षर गर्ने बेलामा आफूलाई बल्ल जानकारी पाएको बताए । माओवादीका नेता भीमलाल तिवारीले नैतिकताका आधारमा अध्यक्षले राजीनामा दिनु उपयुक्त हुने धारणा राखे । संस्थामा ५ करोड रुपैयाँ रहेको बताइएको छ । पछिल्लो समय यस क्षेत्रका धेरै खानी संस्थामा बेतिथि भएका घटनाहरु बाहिरिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित