रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल स्थित क्यानन माध्यमिक बिद्यालय कक्षा १२ मा अध्ययनरत करिब १५० जना भन्दा बढी विद्यार्थीहरुलाइ ट्राफिक सचेतना प्रदान गरिएको हो ।

लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता , डिष्ट्रक ३२५ पि का प्रथम भिडिजि एमजेफ लायन बालाराम भट्टराई , द्वितीय भिडिजि एमजेफ लायन सन्दिप कशौधन , क्यानन माध्यमिक बिद्यालयका प्राचार्य शंकर भण्डारीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण श्रब्य दृश्यको माध्यमबाट प्रदान गरेकि थिइन भने ट्राफिक प्रहरी जवान प्रविन कुवरले सहजीकरणमा सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बिद्यालयका प्राचार्य शंकर भण्डारीले लायन्स क्लब अफ बुटवल क्षितिजले क्यानन माबिका विद्यार्थीलाइ लक्षित गरि ट्राफिक सचेतना जस्तो महत्त्वपूर्ण कार्यक्रम आफ्नो बिद्यालयमा गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ बुटवल क्षितिजले बिगत देखि नै समाजको आवश्यकताको आधारमा समय सापेक्ष कार्यक्रमहरुको आयोजना गर्दै आएको र ट्राफिक सचेतना पनि बिद्यार्थीहरुका लागि निकै आवश्यक र महत्त्वपूर्ण कार्यक्रम रहेको भन्दै विद्यार्थीहरुलाइ कार्यक्रम बाट आफुले सिकेको कुरा आफ्नो घर परिवार समाज र आफ्ना साथीहरू सम्म फैलाउन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ पि का जिएलटि कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठ , डिस्ट्रिक्ट डेपुटी चिप एवं क्लबका पुर्ब अध्यक्ष नारायण थापा एरिया ३ का एरिया चिफ शान्ति पाठक पाण्डे , कलस्टर चिफ रोमनाथ ढकाल , रिजन चेयर बैकुण्ठ श्रेष्ठ , लायन्स क्लब अफ बुटवल क्षितिजका निवर्तमान अध्यक्ष धुर्ब कुमार शर्मा, तृतीय उपाध्यक्ष गुप्त पुन लगायतको उपस्थिति रहेको थियो । क्लबका सह सचीव एवं ट्राफिक सचेतना कार्यक्रम संयोजक पवन बस्यालको स्वागत , सह- कोषाध्यक्ष केशव प्रसाद खनालको झण्डाको अभिवादन र क्लबका सचीव प्रदिप गुप्ताको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित