कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको हो।

घटना आइतबार बिहान ४:२५ बजे भएको उनले बताए।

‘ट्रकमा चालकसमेत ३ जना हुनुहुन्थ्यो’, प्रहरी निरीक्षक थापामगरले भने, ‘तर उहाँहरू तीनै जनाको सकुशल उद्धार भएको छ।’

आगलागीबाट ट्रकको इन्जिन र बम्परको भाग तथा ६ वटा टायर जलेर नष्ट भएको उनले जानकारी दिए।

ट्रक खाली थियो। उक्त ट्रक सिमेन्ट लिन लमहीस्थित सिमेन्ट उद्योग आउँदै थियो।

ट्रकमा आगो लागेको खबर पाउनासाथ अस्थायी पोस्ट रिहारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

‘वायरिङको तार सर्ट भएर आगो लागेको अनुमान छ,’ प्रहरी निरीक्षक थापामगरले भने।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित