दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो

बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर अत्यधीक सफल भएको थियो ।

पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

केबलकारको साधारण टिकट दर एक हजार रुपैयां छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयां मात्र तिर्नुपर्ने छ । ‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ तर टिकट लिएकाहरु १२ बजेदेखि सांझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउंछन्’– अपरेसन म्यानेजर कायस्थले भने ।

सो बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिर र य वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । साउन महिनामा बसन्तपुरको टप स्टेशनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरुले ५ सय रुपैया भारुमा टिकट खरिद गर्न सक्ने केबलकारका म्यानेजर प्रज्वल घिमिरेले जानकारी दिए । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको म्याजेजर घिमिरेले बताए । टप स्टेशनमा जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वरपिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरु रहेका छन् ।

केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कवापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिंदै आएको छ । लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवलमा भारतीय र आन्तरिक पर्यटकको आगमन केही मात्रामा बढेकाले बजार थप गुल्जार र व्यवसाय चलायमान भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल बताउंछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित