रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो

सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा असार अन्तिम साता झरीका बीच गरिएको कालोपत्र उप्काउन लगाएको छ ।

निर्माण व्यवसायी जीवन एण्ड ब्रदर्शलाई पत्र लेखेर कार्यालयले सिद्धार्थ राजमार्गको दोभानमा निर्माण गरेको कालोपत्र न्यून गुणस्तरको भएकाले सबै उप्काएर सुरक्षित स्थानमा फाल्न निर्देशन दिएको हो ।

सडक डिभिजनले अन्यथा कार्यालयले नै उप्काउन बाध्य हुने चेतावनी दिएपछि निर्माण कम्पनीले गुणस्तरहीन कालोपत्र उप्काएको छ । कार्यालयले उपयुक्त मौसम र तापक्रमबिना अब सडक कालोपत्रे नगर्न समेत गराएको छ ।

कालोपत्र उप्किएपछि पाल्पा सांसदसँगै अन्य सरोकारवालाले पनि चासो लिँदै स्थलगत अनुगमन गरेका छन् ।

सिद्धार्थ राजमार्गको दोभान क्षेत्रमा गरिएको कालोपत्र भ्याटसमेत १८ लाख १६ हजारमा ठेक्का लागेको हो । निर्माण व्यवसायीले असार २५ देखि ३१ गतेसम्म पानी परिरहेकाबेला कालोपत्र गरेपछि स्थानीयले लापरबाही भएको गुनासो गर्दै आएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित