निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–५ का सडकमा गरिएको बत्ती जडानपछि दिइएको भुक्तानीका विषयमा स्थानीयले वडाकार्यालयको ध्यानाकर्षण गरेका छन् ।

उज्यालो तिलोत्तमा अभियान अन्तरगत वडानम्बर ५ का आठ वटा टोलमा वत्ती जडान गर्दा दोब्बर मुल्य बरावरको विल भरपाई बनाइ भुक्तानी माग गरिएको भन्दै स्थानीयले वडाकार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय टोलमा बत्ती जडान गर्न आब्हान गरिएको टेण्डर मुल्य पुर्याउनका लागि दोब्बर मुल्य बरावरको विल भरपाई बनाई नगरपालिकासँग रकम माग गरिएको स्थानीयको गुनासो छ । स्थानीय सडक वत्ती जडान तथा मर्मत उपभोक्ता समितिले प्रत्यक टोलमा बत्ति जडान गर्ने भनेर ४ लाख ३८ हजार मुल्य बरावरको माग पत्र पेश गरेको थियो ।

समितिका अध्यक्ष यक्तमुर्ति भट्टराईको संयोजकत्वमा बनेको समितिले जडान गरेको सडक वत्तिका विल भरपाईमा दोब्बर मुल्य समावेश गरि अनिनमितता देखिएको भन्दै स्थानीयले त्यसको जवाफ माग गरेका हुन् ।

यद्धपी समितिले २०८०÷८१ को बजेट अनुसार भुक्तानी लिई सकेको र बजार मुल्य बरावर भुक्तानी भएको वडा कार्यालयले जनाएको छ । शुक्रबार वडा कार्यालयमा भेला भएका स्थानीयले विलभरपाई बनाउदा दोब्बर रकम बनाइ अनियमतिता गर्न लागेको भनेर आफुहरुले ध्यानाकर्षण गराएको बताएका हुन् ।

भेलामा स्थानीय शान्ति टोल विकास संस्थाका गणेश पाण्डेले बत्ती जडानपछि बजार मुल्यभन्दा दोब्बर मुल्य बनाई विल भरपाई पेश गरिएको र त्यसलाई समायोजन गरि मुल्य मिलाइएको भन्दै उपभोक्ता समितिमा अनियमितताको गन्ध देखिएको बताए।

२१ सय पर्ने सडक लाईटलाई ३७ सम्मको मुल्य राखि बिल बनाइएको पाइएपछि ध्यानाकर्षण गराइएको पाण्डेले बताए । भेलामा नरेश भण्डारीले बत्ती जडानका क्रममा हुन थालेको अनियमितता रोक्नका लागि आफुहरुले ध्यानाकर्षण पत्र बुझाएर त्यसलाई रोक्न सफल भएको बताए ।

 

नेकपा एमालेका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पुसमा वत्ती जडान गरिनु र बैशाखमा आएर उपभोक्ता समितिलाई पुर्णता दिनु त्यसमै शंका रहेको बताए । वडामा जडान गरिएको सडक वत्तीमा अनियमितता भएको भन्दै नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाले गएको बैशाखमा ध्यानाकर्षण पत्र बझाएका थिए ।

सडक बत्तीबा विषयमा देखिएको विवादका विषयमा उपभोक्ता समिति र वडा कार्यालयले चित्त बुझ्दो जवाफ दिनु पर्ने पुर्व वडाध्यक्ष चेतनारायण भण्डारीले सुझाव दिए । वत्ती जडानका विषयमा टेण्डरकै आधारमै विलभरपाई नगरपालिकाबाट पास भएको वडाध्यक्ष रमेश डुम्रेले बताए । उनले  वडा कार्यालयले वत्ती जडानका विषयमा हुन थालेको अनियमिततालाई रोकेर बास्तविक बजार मुल्य अनुसार आर्थिक वर्ष २०८०÷८१ को बजेट अनुसार भुक्तानी भएको भेलालाई जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित