रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बाँकेमा तीन महिनादेखि नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन

बाँके प्रहरीले एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विक छन् ।

राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी बताउँदै सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको भेटिएपछि नैनसिंहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

उनले आफूलाई डिएसपी नवीन शाही हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको भेटिएको ‍एसपी कार्कीले जानकारी दिए।

विकलाई मंगलबार कोहलपुर नगरपालिका-११ बाट पक्राउ गरिएको हो।

प्रहरीले विकबाट ठगिएकाहरूलाई प्रहरीमा सम्पर्क गर्न आग्रह पनि गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित