
बुटवल —१ साउन ,लायन्स क्लब अफ बुटवल स्टार्सद्धारा देवदह नगरपालीका वडा ६ केउली अवस्थीत सरस्वती आधारभुत बिद्यालयमा सहयोग गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमको बिच बिद्यायलाई नगद २० हजार रुपैयाँ बराबरको स्टेनशनरी, खेलकुद सामग्री ,स्कुल ड्रेस ,भित्ते घडि लगाएका सामग्री प्रदान गरेको हो । शैक्षिक सामाग्री तथा खेलकुद सामाग्रीहरु क्लब अध्यक्ष भूपेन्द्र अर्यालले स्कुलका प्रधानाध्यापक खुम बहादुर सारु लाई हस्तारण गरेको हुन ।
कार्यक्रम क्लब का पूर्व अध्यक्ष तथा जिएमए कोडिनेटर एम.एल. पाण्डेको जन्मउत्सव मा सहयोग गरेको थियो । यस्तै कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठले स्टार्सको नारा ‘जहाँ दुःखछ त्यहाँ पुग्छ’भन्ने नारालाई आत्मसाथ गर्दे अति गरिब तथा बिपन्न वर्गका छोराछारीहरुलाई शिक्षाबाट बन्चीत नहुन भनेर सहयोग गरेकोमा प्रशंसा गरे ।
क्लबका पूर्व अध्यक्ष तथा जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले मानविय सेवा भावले सामाजिक क्रियाकलापमा लायन्सको योगदान उच्चरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताएका थिए ।
यसैविच लायन्स क्लब स्टार्स र लियो क्बल स्टार्स मंगलबार एक कार्यक्रको बिच बृक्षरोण गरेको छ । देवदह नगरपालीका वडा ६ केउली स्थीत सरस्वती आधारभुत बिद्यालय को प्राङ्गगडमा फलफुल बृक्षरोपण गरेको छ । आँप,लिची,अम्बा,,लागाएत बृक्षरोपण गरिएको संयोजक पिताम्बर अर्याल बताए । अध्यक्ष भुपेन्द्र अर्यालले बृक्षरोपणले बातावरणीय प्रभाव न्यूनिकरण गर्ने बताए र क्लबले हर्बल गर्डेन देवदह र संकनगर वन विहार तथा अनुसन्धनन केन्द्र भित्र पार्क निर्माण गरेको, सिद्धार्थ हाईवय अन्र्तगत बुटवल बहुमुखि क्यापस अगाडी डिभाइडरमा तारजाली र बृक्षारोपण गरि आवश्यता अनुरुप बृक्षरोपण तथा निर्माण गरिने बताए । जोन चेयरपर्सन तथा क्लब का पूर्व अध्यक्ष अन्जिल खानले पर्यावरण बचाउन तथा जिवजन्तुको लागी यो कार्यले राम्रो भुमिका खेल्ने बताए ।