
सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औ वार्षिकोत्सबकाे अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गदै बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवललाई रक्तदानको हबका रुपमा चिनिने गरि यहाका युवाहरुको अभियान सफल रहेको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीका सदस्यहरु अहिले आर्थिक, सामाजिक विकास गर्न सफल भएको बताए । बैकमा पहुच कम भएका ब्यक्तिहरुलाई लक्षित गरि स्थापना गरिएको सहकारी अहिले उत्कृष्ट योगदान गरेको बताए ।
कार्यक्रममा संयोजक कृष्ण प्रसाद पौडेलले रक्तदानको महत्व समाजमा बुझाउने गरि निरन्तर अभियानका कार्यक्रम निरन्तरता जरुरी रहेको बताए । स्थापना दिवसको अवसरमा नन्दिनी गौशालालाई आहार वितरण समेत गरिएको उनले बताए ।
कार्यक्रममा सहकारी उपाध्यक्ष भिमलाल ज्ञवाली, सचिव ईश्वरी प्रसाद पोखरेलले सहकारी सिद्धान्तमा रहेर कार्यसम्पादनका साथै सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए ।
कार्यक्रममा ५० युनिट रगत सकलन भएकाे थियाे ।