रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

सशक्तकाे १६ औ वार्षिकोत्सबकाे अवसरमा रक्तदान (तस्वीरहरु)

सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औ वार्षिकोत्सबकाे अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गदै बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवललाई रक्तदानको हबका रुपमा चिनिने गरि यहाका युवाहरुको अभियान सफल रहेको बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सहकारीका सदस्यहरु अहिले आर्थिक, सामाजिक विकास गर्न सफल भएको बताए । बैकमा पहुच कम भएका ब्यक्तिहरुलाई लक्षित गरि स्थापना गरिएको सहकारी अहिले उत्कृष्ट योगदान गरेको बताए ।

कार्यक्रममा संयोजक कृष्ण प्रसाद पौडेलले रक्तदानको महत्व समाजमा बुझाउने गरि निरन्तर अभियानका कार्यक्रम निरन्तरता जरुरी रहेको बताए । स्थापना दिवसको अवसरमा नन्दिनी गौशालालाई आहार वितरण समेत गरिएको उनले बताए ।

कार्यक्रममा सहकारी उपाध्यक्ष भिमलाल ज्ञवाली, सचिव ईश्वरी प्रसाद पोखरेलले सहकारी सिद्धान्तमा रहेर कार्यसम्पादनका साथै सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए ।

कार्यक्रममा ५० युनिट रगत स‌कलन भएकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित