रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार

दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ।

शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र प्रहरीको टोली पुगेर सकुशल उद्धार गरेको हो।

खेतमा दिनभर जोतेर घर फर्कने क्रममा गोरू पुलमा फसेपछि स्थानीय, वडा कार्यालय र प्रहरीसमेतको सहयोगमा शुक्रबार राति ९ बजेसम्म पुलबाट निकाल्न नसक्दा शनिबार सशस्त्र प्रहरी बलको टोली नै पुगेको थियो।

बिहान ७ बजेमात्रै सुरु भएको उद्धार कार्यमा गोरूलाई मेसिनले पुलको थोरै भाग काटेर डोरी लगायतका सामग्री प्रयोग गरिएको थियो।

केहीदिन अघि आएको बाढीले पुलमा आंशिक क्षति पुर्‍याएपछि पुल सञ्चालनमा रोक लगाइएको थियो। तर, पुलको छेउमा लगाएको डोरी केही युवाहरूले काटिदिएपछि मान्छे हिँड्न थालेका थिए।

अघिल्लो महिना (जेठ २७ गते) कर्णाली पुलमाथि १३ वटा खच्चड पुलमा फसेका थिए। खच्चड खसेको केही घण्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ११ वटाको सकुशल उद्धार गरेको थियो भने दुई वटाको मृत्यु भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित