रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलमा एमाले कार्यकर्ताको हत्या प्रकरणः २ जना पक्राउ

बुटवलमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रवि थापाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

बुटवल–९ कालिकानगरमा रहेको मोन्टोना रेस्टुरेन्टमा थापामाथि धारिलो हतियार प्रहार गरी फरार रहेका बुटवल–११ का ३० वर्षका किशोर कुँवर र बुटवल–२ का २५ वर्षका पुष्कर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुवँर र कार्कीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा राखी थप अनुसन्धान भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता नायव उपरीक्षक मनोहर भट्टले बताए ।

गत जेठ ३ गते रेस्टुरेन्टमा कार्यरत थापामाथि छुरा प्रहार भएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा असार १८ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

यसअघि युवा संघ, रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारबाही गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित