बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

एसईई उत्तीर्ण विद्यार्थीलाई पामिरले ग¥यो सम्मान

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले एसईई–२०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

विद्यालयले तिलोत्तमा नगरमै सर्वोत्कृष्ट जीपीए (३.९१) ल्याउने विद्यार्थी एन्जिल पाण्डेसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । पामिरले उत्कृष्ट जीपीए ल्याएर नगरमै प्रथम हुने पाण्डेलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरेको छ ।

त्यस्तै ३.७९ जीपीए ल्याउने एकजनालाई ४ हजार तथा ३.६४ जीपीए ल्याउने २ जनालाई नगद रु २५ सयसहित विद्यालयले सम्मान गरेको छ । विद्यालयबाट २३ जनाले एसईई दिएकोमा ४ जना ए प्लस, ६ जना ए, १२ जना बी प्लस र एकले जना बी ग्रेडमा उत्तीर्ण भएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकूद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले देशभरको एसईई रिजल्ट सन्तोषजनक नभएको अवस्थामा पनि विद्यालयले शत प्रतिशत नतिजा ल्याएर आफूलाई प्रमाणित गरेको बताए । आचार्यले एसईई सानो क्षेत्र भएको बताउँदै आगामी दिनका शैक्षिक यात्राहरुमा विद्यार्थीहरुले ध्यान दिएर पढ्न जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन चापागाईंले विद्यालयले वर्षौंदेखि उत्कृष्ट नतिजा ल्याइरहेको बताउँदै आफ्नो रुची अनुसार विषय लिएर आगामी अध्ययनलाई अगाडि बढाउन विद्यार्थीहरुलाई आग्रह गरे । उनले सबैको मेहनतले स्कूल गर्व गर्न लायक शैक्षिक संस्था बनेको बताए ।

विद्यालयका प्राचार्य गोपाल गौतमले एसईईमा सफलता हायिसल गरेका विद्यार्थीहरुलाई भावी शैक्षिक यात्राको लागि शुभकामना दिंदै शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले विद्यालयले राम्रो नतीजा हासिल गरेको बताए ।

कार्यक्रममा अभिभावकको तर्फबाट रीता श्रेष्ठ, अतिरिक्त क्रियाकलाप प्रमुख अमित राना, परीक्षा संयोजक नविन शाक्य, कक्षा १० का कक्षा शिक्षक विनोद रणपाल, अर्का शिक्षक केशव खनाल, उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी एन्जील पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित