अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ। बाढी, पहिरो तथा हिलोले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ।
यसै क्रममा हेर्नुहोस् यी भयावह तस्बिर

दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी । बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर—अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका—१२ को बरिया गाउँ जोखिममा परेको छ । तस्बिरः नारायणी रजौरे/रासस

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुरमा वैकल्पिक मार्गबाट जान नसकेर रोकिएका दर्जन बढी मालबाहक ट्रक । घोराही–तुलसीपुर सडक खण्डको सेवार खोलामा पुल बनाउने क्रममा सडक बिग्रेकाले वैकल्पिक मार्गबाट सवारीसाधन आवातजावत गर्ने गरेको हो । तस्बिर ः कुलदीप न्यौपाने/रासस

रुकुम पूर्वमा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग । अविरल वर्षाका कारण शनिबार बिहान सडकमा पहिरो झरेपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । तस्बिरः सर्जना कार्की/रासस