तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

वर्षाकाे बबन्डर (तस्वीरहरु)

अविरल वर्षाका कारण अहिले देशभर जनधनको क्षति भइरहेको छ। बाढी, पहिरो तथा हिलोले जनजीवन जोखिमपूर्ण र कष्टकर बनिरहेको छ।

यसै क्रममा हेर्नुहोस् यी भयावह तस्बिर

दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङको घोराही उपमहानगरपालिका–७ स्थित बेलहरीवासीको बबई नदीको बढीले डुबाएको रोपाइँ गर्न राखेको धानको ब्याड र मकै खेती । अविरल वर्षाका कारण दाङको बबई नदीमा १० वर्ष पछि ठूलो बाढी आएको स्थानीय बुढापाका बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस


अविरल वर्षाका कारण बबई नदीमा आएको बाढी । बबई नदीमा तटबन्ध नहुँदा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर—अमेलिया सडकखण्ड तुलसीपुर उपमहानगरपालिका—१२ को बरिया गाउँ जोखिममा परेको छ । तस्बिरः नारायणी रजौरे/रासस


घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–१५ स्थित रतनपुरमा वैकल्पिक मार्गबाट जान नसकेर रोकिएका दर्जन बढी मालबाहक ट्रक । घोराही–तुलसीपुर सडक खण्डको सेवार खोलामा पुल बनाउने क्रममा सडक बिग्रेकाले वैकल्पिक मार्गबाट सवारीसाधन आवातजावत गर्ने गरेको हो । तस्बिर ः कुलदीप न्यौपाने/रासस

रुकुम पूर्वमा पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग । अविरल वर्षाका कारण शनिबार बिहान सडकमा पहिरो झरेपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । तस्बिरः सर्जना कार्की/रासस

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित